skip this

मोरङको सुन्दरहरैंचामा एमालेका उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु फेला

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ नेकपा एमालेका उम्मेदवार जीवनाथ ढकालको घर नजिकै शंकास्पद वस्तु फेला परेको छ।ढकालको घर नजिकै मकैबारीमा तारजडित अवस्थामा प्रेसर कुकर फेला परेको हो।ढकाल वडा सदस्यका उम्मेदवार छन्।

मकैबारीको डिलमा प्रेसरकुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बिहानै प्रहरी पुगेको थियो।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शंकास्पद वस्तु तारजडित प्रेसरकुकरमा ‘कथित स्थानीय चुनाव बहिष्कार गरौं’ भन्ने लेखेर टाँसिएको छ।घटनास्थलमा नेपाली सेना पुगेर उक्त शंकास्पद वस्तु निष्कृय पार्ने प्रहरीले बताएको छ।

nijgadh-supermart-adz1200-630