skip this

पहिरोले पुरिँदा जुम्लामा दुई जना तीन वर्षीय बालकको मृत्यु

2.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।बुधबार दिउँसो २ बजे जुम्लामा पहिरोमा पुरिँदा दुई जना तीन वर्षीय बालकको मृत्यु भएको छ। तिला गाउँपालिका–२ स्थित रणबहादुर बोहराको घर बनाउँदै गरेको ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

पहिरोले पुर्दा उनकै तीन वर्षीय छोरा शिशिर चन्द र दलबहादुर राउतका छोरा हिमेशको मृत्यु भएको हो। घरको जग खन्ने काम भइरहेको र तल दुई जना बालक खेल्दै गर्दा माथिबाट पहिरो खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुग्दा बालकहरूको मृत्यु भइसकेको थियो। अहिले शव पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630