skip this

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिमा कांग्रेस र माओवादी कार्यक्रताबीच झडप

2.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान रुकुम पश्चिमको त्रिवेणीमा कांग्रेस र माओवादी कार्यक्रताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप भएको हो । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो ।झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ ।

माओवादी कार्यकर्ताले उम्मेदवार अमरसिंह खड्का चढेको गाडि तोडफोड गरेको प्रहरीले जनाएको छ ।दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । नेपाली कांग्रेसले माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा गएका आफ्ना कार्यकर्ता प्रहरीकैअघि कुटिएको आरोप लगाएको छ ।

nijgadh-supermart-adz1200-630