दुईवटा मोटरसाइकल ठोक्किँदा कैलालीमा एक जनाको मृत्यु
वि.सं.२०७९ वैशाख २५ आइतवार १३:५१
1.25K
shares

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–७ मा दुइओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदुरपश्चिम प्रदेश ०१–००९ प ९५ ४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।
मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् । दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका अर्का चालकको पद्यमा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ ।
वि.सं.२०७९ वैशाख २५ आइतवार १३:५१

















