skip this

गठबन्धनलाई जिताएर देशलाई दुर्घटनाबाट जोगाउन देउवाको आग्रह

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताएर देशलाई दुर्घटनाबाट जोगाउन आग्रह गरेका छन् । सोमबार धनगढीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले एमालले जिते संविधान नै समाप्त हुने खतरा रहेको बताए । उनले देशको संविधानलाई जोगाउन पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

ुएमालेले दुई तिहाईको जनमत पाउँदा दुई पटक संविधान विघटन गर्यो, अदालतले कारवाही गर्दा पनि अहिले विनाकारण संसद अवरुद्ध बनेको छ,’ सभापति देउवाले भने, ‘अब फेरी एमालले जितेमा स्थानीय तह पनि विघटन गरेर देशलाई खाल्डोमा हाल्न बेर लगाउँदैन, एमाले अध्यक्ष केपी ओलीलाई देशको मायानै छैन ।’

उनले बागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरे । ‘गठबन्धन दलको सल्लाहअनुसार बागी उम्मेदवारलाई कारवाही गरिनेछ,’ देउवाले भने, हामी त्यस्ता उम्मेदवारलाई छोड्ने छैनौँ, त्यसैले आजै बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लगेर इमान्दारिता देखाऔँ ।’ उनले गठबन्धनले जितेमा देशमा शान्ति सुव्यवस्था कामय हुने र संविधानको रक्षा हुने बताए ।आफू सुदूरपश्चिम प्रदेशकै नागरिक भएको बताउँदै सभापति देउवाले यो क्षेत्रबाट कांग्रेसले जितेमा देशभरमै सबैभन्दा बढी बजेट ल्याउने र विकासका सबै माग सम्बोधन गर्ने बताए ।

nijgadh-supermart-adz1200-630