skip this farak Kura Pravakar

जनताको दुखमा सधैं सारथी रविराज दंगाल

भुकम्प, पहिरोदेखि कोरोना कहरसम्म अग्रमोर्चामा

3.47K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बाराको निजगढका रविराज दंगाल सो क्षेत्रकै लोकप्रिय युवा नेता हुन् । ३३ वर्षिय दंगालको झण्डै डेढ दशकदेखि प्रत्यक्ष जनतासंग जोडिएका छन् । लोकप्रिय छवि बनाएका दंगाल जनतालाई समस्या पर्दा सबैभन्दा अघि देखिन्छन् । अग्रमोर्चामा खटिएर नेतृत्व दिनेगर्छन् । उनले भुकम्प, पहिरोदेखि कोरोना कहरसम्म अग्रमोर्चामा खटिएर जनताको सेवा गरेको कसैले भुलेका छैनन् ।

 

कोरोना कहरका कारण घरबाट सर्वसाधारण निस्कन सकेका थिएनन् । आर्थिक रुपमा विपन्नलाई हात मुख जोड्न समस्या भईरहेको थियो । विरामीलाई अस्पतालसम्म पुग्न साधन थिएन् । अस्पताल भर्ना भएका विरामी र कुरुवादेखि स्वास्थ्यकर्मीलाई समेत समस्या थियो ।

सकंटमा परेका जनताको सारथी बन्ने दृढ संकल्प गरे, समस्यासंग जुधिरहेका निजगढका सर्वसाधारणलाई घरमै सेवा दिन पुगे । भ्यानलाई एम्बुलेन्स बनाएर विरामीलाई अस्पताल पु¥याउने र घरमै लैजाने निःशुल्क व्यवस्था गरे ।

आर्थिक रुपमा समस्यामा परेकालाई घरमै राशनपानी र स्वास्थ्य सामाग्री पु¥याउने काम गरे । स्वास्थ्य केन्द्रमा उपचार गराईरहेका विरामी र कुरुवालाई सेवा दिन हेल्थ डेस्क स्थापना गरे । त्यहि खाना पकाएर खानाको व्यवस्थापन गरे ।

 

स्थानीय सरकारलाई खबरदारी गर्दै जनतालाई सचेतना फैलाउन कार्यको नेतृत्व प्रदान गरेका थिए । जनताको सुख, दुखमा माओवादी भन्ने नारासहित कोभिडबाट समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्न त्यहाँको दंगालले पार्टी कमिटीलाई परिचालन गरे ।

 

अभियानलाई धेरैले मन पराए । पार्टी भन्दा माथि उठेर जनताको सेवा गरेका दंगालको चौतर्फि प्रंशसा भएको छ । त्यसअघि दंगालले २०७२ को महाभुकम्पले संकटमा परेको जनताको सेवाका लागि त्यस क्षेत्रबाट राहत र उद्धारका लागि नेतृत्व प्रदान गरेका थिए ।

 

उनी ठुलो मात्रामा राहत संकलन गरेर प्रभावित क्षेत्र पुगेका थिए । त्यसअघि २०७० मा सिन्धुपाल्चोकका पहिरो पीडितको सहयोगार्थ नेतृत्व प्रदान गर्दै त्यसतर्फ पुगेका थिए ।

निजगढमा विभिन्न रोगबाट पीडितको उपचार खर्च जुटाउन, अस्पतालसंग समन्वय गर्नदेखि विद्यार्थी, किसान, मजदुर, व्यवसायिलाई समस्या परेका बेलामा सारथी बनेर आँडभरोसा दिन उभिदै आएका छन् ।

राष्ट्रियताप्रति खबरदारी
नेता दंगाल राष्ट्रियताको लागि निरन्तर खबरदारीमा छन् । राष्ट्रघाति अभिव्यक्ति होस् वा भारतीय थिचोमिचो त्यसको कडा प्रतिवादमा उत्रिन्छन् उनी ।

भारत र चीनले नेपाली भूमि लिपुलेकलाइ व्यापारिक नाका बनाउने एकलौटी रुपमा गरेको निर्णयको विरोधमा १ नम्बर पिल्लरमा नेपाली झण्डा फहराउन पुगेका थिए ।

अखिल क्रान्तिकारीका विद्यार्थी संगठनको अगुवाइमा दंगाल कठिन यात्रा तय गरे त्यहाँ पुगेका थिए । त्यसबाहेक सिमा मिचिको विरोधमा, भारतीय नाकाबन्दीको विरोधमा निजगढमा उनको नेतृत्वमा विरोध कार्यक्रम भएका छन् । व्याकअफ इन्डिया, नेपाली झण्डा प्रदर्शन लगायतका विरोध कार्यक्रम भएका छन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630