निर्वाचनको सशस्त्र बहिस्कार गर्ने नीति नभएकाले कञ्चनलाई रिहा गर्न वलीको माग
वि.सं.२०७९ वैशाख २९ बिहीवार १०:४५

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न माग गरेका छन् । कञ्चनलाई प्रहरीले नियन्त्रणमा लिनुलाई उनले सुनियोजित षड्यन्त्र भनेका छन् ।कञ्चन पोखरामा प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा विस्फोट गराइनु, उनलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट रहेको बिहीबार बिहान जारी विज्ञप्तिमा उललेख गरिएको छ ।
कञ्चनको तुरुन्त रिहा गर्न माग गर्दै उनले रिहा नगरिएको अवस्थामा देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनी दिए । उनले विज्ञप्तिमा पार्टीको नीति निर्वाचन बहिस्कार गर्ने भए पनि विस्फोट गर्ने र सशस्त्र बहिस्कार गर्ने नभएको स्पष्ट पारेका छन् । उनले बुटवल घटनाप्रति पार्टीले जिम्मा लिएको पनि उल्लेख गरे ।
वि.सं.२०७९ वैशाख २९ बिहीवार १०:४५

















