skip this

धर्मेन्द्र पक्राउ,सशस्त्र बहिस्कारको नीति छैन–बहुमत पार्टी

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा बहुमत पार्टीले स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको बताएको छ ।संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएका हुन् ।स्थानीय चुनावमा भाग नलिने नीति रहे पनि विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको वलीले दाबी गरेका छन् ।

बुधबार साँझ मात्र बुटवलमा बम विस्फोट भएको थियो । पोखराबाट नेपालगन्ज जाँदै गरेका बास्तोला पक्राउ परेका थिए ।तर, बहुमत पार्टीले बम विस्फोटनमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको पनि बताएको छ ।स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।

nijgadh-supermart-adz1200-630