skip this

बर्दिबास नगरपालिकाका नगरप्रमुख कार्कीमाथि आक्रमणको प्रयास

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीमाथि आक्रमणको प्रयास भएको छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेको नगरप्रमुख कार्कीले बताए ।काम कै सिलसिलामा वडा नम्बर ६ स्थित घुरन महतोको घरमा भेटघाट गर्न गएको बेला केही भिड जम्मा भएर आक्रमणको प्रयास भएको स्थानीयले पनि बताएका छन् ।

माओवादी केन्द्र मधेश प्रदेशका नेता समेत रहेका कार्कीले भोट माग्न गएको भन्दै अभद्र व्यवहार गरेको पीडित पक्षको आरोप छ । भिडियोमा पनि महतोले भेटघाटको लागि बोलाएको स्वीकार गरेका छन् । आफुले मेयरलाई घरायसी भेटघाटको लागि बोलाएको थिए उनीहरू आएर अभद्र व्यवहार गरेको उनले बताए ।
यता, नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार वनेका क्षेत्री समूहले भने नगरप्रमुख विदुर कार्की भोट माग्नै गएको दावी गरेका छन् ।

तर, अहिलेसम्म राजीनामा नदिएको एउटा जनप्रतिनिधि जनतासँग भेटघाट गर्न आचारसंहिताले नरोक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतो बताउँछन् । नगरप्रमुख कार्कीलाई गरिएको दुर्व्यवहारका बारे आफूलाई थाहा नभएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630