skip this

पूर्व मन्त्री पौडेलको वडामा एमालेका अध्यक्ष पराजित

गठबन्धनका अध्यक्ष विजयी हुदाँ एमालेका सबै सदस्य निर्वाचित

4.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलको वडामा एमाले पराजित भएको छ । एमालेले दाबी गरेको वडामा गठबन्धनको कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
गठबन्धनका रामचन्द्र कटुवाल र एमालेका गणेश राजभण्डारीबीचमा मुख्य प्रतिष्पर्धा भएको थियो । एमालेका राजभण्डारी भन्दा एक सय ५५ बढी ल्याउँदै गठबन्धनका कटुवाल निर्वाचित भएका हुन् । कटुवालले एक हजार ४२ मत ल्याए भने राजभण्डारीले ८ सय ८७ मत प्राप्त गरे ।

गठबन्धनका सबै सदस्य पराजित हुदाँ एमालेका ४ जना सदस्य निर्वाचित भएका छन् । सदस्यमा चित्रप्रसाद चौलागाई, महिला सदस्य चण्डिका उप्रेती, बविता श्रेष्ठ, ईन्द्रकुमारी सुनार निर्वाचित भएका हुन् ।

व्यापारिक पृष्ठभूमिका राजभण्डारीलाई उम्मेदवारी दिएको थियो । पार्टीका पुराना कार्यकर्ता भएपनि उनी कमिटीमा भने सक्रिय थिएनन् ।

निजगढ नगरपालिका वडा नं. ९ मा प्रभावशाली नेताहरुको बसोबास छ । पूर्वमन्त्री पौडेलले यहिँ वडाबाट मतदान गरेका थिए । गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनाल, नेकपा मालेका मेयर पदका उम्मेदवार शंकर चिमरिया, उन्नत लोकतन्त्र पार्टीकी मेयर पदकी उम्मेदवार गिता मैनाली, कांग्रेस नेता शम्भु बहादुर बुढाथोकी लगायतको बसोबास छ ।

गत स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको वडामा सत्ता गठबन्धनका कांग्रेसका उम्मेदवार विजयी भएको छ । एमालेबाट निर्वाचित वडा अध्यक्ष सुदर्शन वडाल एमाले छाडेर नेकपा (एकिकृत समाजवादी) रोजेका थिए । उनीसंगै एमाले छाडेका एक वडा सदस्य जगतबहादुर न्यौपाने ‘गोकुल’ पुनः एमाले फर्किएका थिए ।

गत निर्वाचनमा कांग्रेसका राजेन्द्र ढोडारीलाई १२ मतले पराजित गर्दैै एमालेका बडाल निर्वाचित भएका थिए । सत्ता गठबन्धनमा रहेको नेकपा एसले ९ नं. वडा दाबी गरेपनि जनाधार नभएको भन्दै छाड्न नमानेपछि कांग्रेसको नेतृत्वमा माओवादी समेत सहभागि भई निर्वाचनमा होमिएको थियो ।

nijgadh-supermart-adz1200-630