skip this

गोकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजय

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । काठमाडौंकाे गोकर्णेश्वर नगरपालिकाकाे मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएकाे छ ।

मेयरमा कांग्रेसका दीपक रिसालको विजय भएको छ। मेयरमा एमालेका उद्धव विष्टकाे भन्दा ११८८ बढी मतान्तरले विजयी भएका हुन् ।

त्यसैगरी उप मेयरमा एमालेकि सान्नानी लामा विजय भएकी हुन। कांग्रेसकी उम्मेदवार शान्ति नेपालभन्दा १३३ मतान्तरले लामा विजयी भएकी हुन् ।

मेयरमा विजयी भएपछि रिसालले अमूल्य मत दिएर विजय गराउने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन्। साथै चुनावी दौरानमा सहयोग गर्ने सम्पूर्णलाई पनि धन्यवाद समेत दिएका छन् ।

nijgadh-supermart-adz1200-630