skip this

मूल्यवृद्धिविरुद्ध आन्दोलन,अनेरास्ववियुका नेताहरू रिहा

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् ।हेटौंडामा बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका हुन् ।

अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुस्कर तिमल्सिना र युवा संघका रजकुमार घिमिरे पक्राउ परेका थिए । मूल्यवृद्धिविरुद्धको अनेरास्ववियुको कार्यक्रमअन्तर्गत जिल्लामा सरकारी सवारीहरूलाई आवतजावतमा रोक लगाउनले क्रममा उनीहरू पक्राउ परेका थिए ।उनीहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रूपमा आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् ।

nijgadh-supermart-adz1200-630