skip this

राम्रा काममा सहयोग र सहकार्य गर्छु– पूर्वमेयर यादव

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सप्तरीको राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादवले वर्तमान नगरप्रमुख भिमराज यादवका राम्रा काममा सहयोग र नराम्रो कामका लागि जहिले पनि प्रतिपक्षक‍ो भूमिका निर्वाह गर्ने बताएका छन्।

‘मेयर सहितका पदमा निर्वाचित हुनु भएकाहरुको राम्रो काममा हातमा हात मिलाएर काम गर्छु।तर नगर नगरवासीलाई अहित हुने काम हुन लाग्यो वा भयो भने जनतासँग हातमा हातमा मिलाएर प्रतिपक्षीको भुमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दिन्, यादवले भने ।

जनताले प्रतिपक्षमा बस्न दिएको मतप्रति धन्यवाद दिँदै उनले अबको दिनमा जनतासँगै हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘जनताको सेवामा जहिले पनि समर्पित रहनेछुु, उनले भने ।

 

 

nijgadh-supermart-adz1200-630