skip this farak Kura Pravakar

सुक्खा पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन । सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ नाम्दीखोला नजिकै आज साँझ ५:३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् ।

बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

nijgadh-supermart-adz1200-630