भारतको उत्तराखण्डमा बस दुर्घटना, २६ जनाको मृत्यु, ४ जना घाईते
वि.सं.२०७९ जेठ २३ सोमवार ०७:४९
1.29K
shares

काठमाडौं । गएराति भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ जना यात्रुको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुने सबै चार धाम तिर्थ यात्राका गइरहेको बताइएको छ । उत्तराखण्डको उत्तरकाशीमा यूके – ०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार रहेकोमा २६ जनाको ज्यान गएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।घाइते ४ जनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
वि.सं.२०७९ जेठ २३ सोमवार ०७:४९
















