skip this

फोहोर उठ्न थालेकोमा बालेन र झाँक्रीको गगन थापाद्वारा प्रशंसा

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको फोहोर उठ्न थाले पछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले खुसी व्यक्त गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै महामन्त्री थापाले यस कार्यमा पहलकदमी गरेको भन्दै काठमाडौंका मेयर वालेन्द्र साह र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन्।

महामन्त्री थापाले काठमाडौंको फोहोरलाई दीर्घकालीन व्यवस्थापनका लागि ६ बुँदे सुझावसमेत पेश गरेका छन्। फोहोर विसर्जनका क्रममा पटकपटक यस्ता समस्या आइपर्ने र टालटुले सम्झौताले पुन सम्झौताको अवस्था आइलाग्ने भन्दै अब यस्तो नहुने गरी काम गर्न थापाले आग्रह समेत गरेका छन्।

यसैगरी थापाले संघीय सरकारले फोहोरको क्षेत्रमा गर्ने भनिएको कामको अनुगमन र सहजीकरण गर्न तीन जिल्लाको सांसदहरुको समितिसमेत प्रस्ताव गरेका छन्। समस्या आएपछि तात्नेभन्दा समस्या आउनै नदिने गरी समितिले अनुगमन र सहजीकरण गर्दा राम्रो हुने उनको भनाई छ।

उनले सामाजिक सञ्जाल लेखेका छन् , काठमाडौंबाट फोहोर उठ्न थालेको छ। यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ, अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ।

nijgadh-supermart-adz1200-630