जिसस बारामा सत्ता गठबन्धन दल र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा
वि.सं.२०७९ जेठ ३० सोमवार ११:३९

काठमाडौं ।जिल्ला समन्वय समिति बाराको निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन मध्यान्ह १२ बजेसम्म हुनेछ । जिल्ला समन्वय समितिका संयोजक, उपसंयोजक र ६ सदस्य पदको लागि मतदान भइरहेको हो ।
कुनै पनि दलको बहुमत नभएकोले कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएका छन् भने नेकपा एमाले लोसपा र विवेकशील साझा पार्टीको मत लिएर जित निकाल्ने दाउमा देखिन्छ ।
संयोजक पदमा नेकपा एमालेको तर्फबाट नरेन्द्रकुमार साह र उपसंयोजकमा चण्डिका सापकोटा उप्रेतीले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका देवताल गाउँपालिका सभापति रामदयाल महतो धानुकले संयोजक र जसपाका पवनकुमार व्याहुतले उपसंयोजक पदमा उम्मेदवारी दिएका छन । लोसपा र विवेकशील साझा पार्टीका प्रतिनिधिहरु भने तटस्थ देखिएका छन् ।
जिल्लाका १६ स्थानीय तहमध्ये ५ पालिका प्रमुखरउपप्रमुख र एउटामा उपप्रमुख जितेको नेकपा एमालेसँग ११ मत छ भने ४ पालिकामा दुबै पद जितेको नेपाली कांग्रेससँग ८ मतमात्रै छ । त्यसैगरी जसपा र लोसपाले २र२ वटा पालिकामा प्रमुखरउपप्रमुख जितेका छन । फेटा गाउँपालिकाको दुबै पद जितेको विकेकशील साझा पार्टीसँग भने २ मत छ । कुल ३२ मतदाता रहेको समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दलहरुले एकता गरेपछि लोसपा नेपाल र विवेकशील साझा पार्टी निर्णायक हुने देखिएको छ ।
वि.सं.२०७९ जेठ ३० सोमवार ११:३९

















