skip this

अमलेखगंजमा सवारी दुर्घटनामा दम्पतीको मृत्यु

2.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने अमलेखगंजस्थित तिन नम्बर पुलमा सवारी दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।

चितवनबाट वीरगन्जतर्फ आउदै गरेको प्र. ०३-००४ प १५१७ नम्बरको पल्सर मोटरसाइकललाई ना ७ ख ३९४७ नम्बरको लहरिले ठक्कर दिंदा दुर्घटना भएको हो ।

ठक्करपछि सडकमा लडेका उनिहरुलाई सोही ट्रकले किचेको प्रहरीले जनाएको छ ।

घटनास्थल मै मृत्यु भएका उनिहरुका शव परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

nijgadh-supermart-adz1200-630