skip this

हवाई उडान रोक्ने निर्णय गैरजिम्मेवारपूर्ण भएको भन्दै नरोक्न प्राविधिकरणको निर्देशन

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राविधिकरणले नेपाल वायु सेवा सञ्चालक संघ नेपालको हवाई उडान रोक्ने निर्णय गैरजिम्मेवारपूर्ण भएको भन्दै नरोक्न निर्देशन दिएको छ।वायु सेवा सञ्चालक संघले आज देशैभरि हवाई सेवा बन्द गर्न गरेको घोषणा गैरकानुनी र गैरजिम्मेवारीपूर्ण भएको भन्दै बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न निगमले एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो।

सरकारले जहाज र हेलिकोप्टरले राति काठमाडौँबाहिर तोकिदिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो‍। सोही निर्णयको विरोधमा संघले सेवा बन्द गर्ने बताएको हो।सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएकाले बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो।संघले सरकारले निर्णय गर्दा हवाई कम्पनीहरूसँग छलफल नगरी भविष्यमा आउने समस्याहरूप्रति वेवास्ता गरिएको संघको आरोप छ।

nijgadh-supermart-adz1200-630