skip this farak Kura Pravakar

घोराही उपमहानगरपालिकाको बजेट २ अर्ब ३२ करोड

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ -घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ। शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरेकी हुन्।

बजेट स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख रहने छ।

त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड आय रहेको छ। डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ। यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौज्दाताबाट बेहोरिने उल्लेख छ।

उपमहानगरले आर्थिक वर्षको लागि शिक्षालाइ प्राथमिकता राख्दै बजेट ल्याएको छ। शिक्षालाइ सबै वर्गमा पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तरीय सुधार गर्न भन्दै शिक्षा, युवा तथा खेलकुदका लागि १३ करोड ४७ लाख बिनियोजन गरिएको छ। त्यस्तै घोराहीलाई सफा, स्वच्छ र सुन्दर नगरमा बनाउन भन्दै सरसफाइ ब्यवस्थापनतर्फ ८७ लाख ६० हजार छुट्टयाइएको छ।

त्यस्तै कृषिमा १ करोड १२ लाख र पशुमा ७७ लाख २० हजार छुट्टयाइएको छ। गत आर्थिक वर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो। गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ।

nijgadh-supermart-adz1200-630