कलैया उपमहानगरपालिकालाई पोर्टेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण
वि.सं.२०८३ कात्तिक ११ बुधवार २१:००
57
shares

कलैया-जनजागरण युवा क्लब (JJYC) ले OHW को सहयोगमा सञ्चालित SMNH परियोजनाअन्तर्गत कलैया उपमहानगरपालिकालाई स्वास्थ्य सेवा सुदृढीकरणका लागि पोर्टेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरेको छ ।
नगर प्रमुख विनोदप्रसाद साहलाई उक्त मेसिन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेल तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
मेसिन हस्तान्तरणले स्थानीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जनजागरण युवा क्लब, OHW र कलैया उपमहानगरपालिकाबीचको सहकार्यमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै स्थानीय समुदायको स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको हो ।
वि.सं.२०८३ कात्तिक ११ बुधवार २१:००

















