मूल्य वृद्धिका कारण जनता मारमा परेको एसका अध्यक्ष नेपालको भनाई
वि.सं.२०७९ असार ११ शनिवार १३:४८
1.25K
shares

काठमाडौं । मूल्य वृद्धिका कारण जनता मारमा परेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालको भनाई छ । उनले पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताएका छन्।
उनले सडकमा उत्रीऔं भने सत्तामा आफैँ छौं। नउत्रिऔं मूल्य बढेको छ। मूल्यवृद्धिले जनता आजीत छन्। मूल्य वृद्धि भएको छ भने तुरुन्त छापामार गरेर कारबाही गर्नुपर्छ। पार्टी निर्माण गर्ने भनेको जनता र देशको निम्ति हो। गठबन्धन प्रति केही गुनासा भए पनि गठबन्धन अझै आवश्यक रहेको उनले बताए।
वि.सं.२०७९ असार ११ शनिवार १३:४८

















