skip this

कलंकीको फुटपाथमा तरकारी बेच्ने महिलालाई ढुंगाले हानेर हत्या

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–काठमाडौंको कलंकीमा शनिबार फुटपाथमा तरकारी बेच्ने एक महिलाको हत्या भएको छ ।

ढुंगा प्रहारबाट अन्दाजी ३७ वर्षीय मेनुका उप्रेती गौतमको मृत्यु भएको छ । उनीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए ।

ढुंगा प्रहारबाट गम्भिर घाईते भएकी नुवाकोटको ककनी–३ घर भएकी गौतमलाई नेपाल नेशनल अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका अन्दाजी २८ वर्षिया जलन तामाङलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630