skip this

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । केही दिनदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

nijgadh-supermart-adz1200-630