skip this

पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।

शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी विमलराज कडेँलले बताए ।

शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ ।

पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट नदेखिएको एसपी कँडेलले जनाए । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको उनको भनाइ छ । घाइतेको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।

उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटना भएको हो ।

nijgadh-supermart-adz1200-630