नागरिकलाई सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ–प्रधानमन्त्री देउवा
वि.सं.२०७९ साउन १२ बिहीवार १३:४८

काठमाडौं । नेपाली नागरिकलाई सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेर बहादुर देउवाले बताएका छन्।आज वीर अस्पतालको १ सय ३३ औँ वार्षिकोत्सव अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको विषय भएको भन्दै सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका हुन्।
उनले स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त रूपमा बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने बताएका छन् । सस्तो सहज र गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएको उनको भनाई छ । अनेक महामारीसँग जुध्न सक्ने गरी स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने प्रधानमन्त्री देउवाले धारणा राखेका छन्।
वि.सं.२०७९ साउन १२ बिहीवार १३:४८

















