skip this

कोरोनाकालमा भारत घुम्ने विदेशीमध्ये नेपाली १४औं स्थानमा

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं- कोभिड–१९ महामारीको समयमा भारतको भ्रमण गर्ने प्रमुख १५ मुलुकका पर्यटकमध्ये नेपाली समेत अटाएका छन् । भारतीय पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको पर्यटकीय तथ्यांक २०२१ अनुसार सन् २०२० मा भारतले कुल २७ लाख ४० हजार पर्यटक भित्र्याएको छ । जसमा पहिलो नम्बरमा बंगलादेशी पर्यटक छन् भने १४औं नम्बरमा नेपाली पर्यटक रहेका छन् ।

सो वर्ष बंगलादेशबाट ५ लाख ५० हजार पर्यटक भारत भ्रमणमा जाँदा नेपालबाट ४० हजार ८२२ जना पर्यटक भारत भ्रमणमा गएका छन् । यसरी भारतका लागि नेपाल मुख्य १५ गन्तब्य भित्र अटाउन सफल भएको छ । सन् २०२० मा भारत भ्रमण गर्ने विदेशीमध्ये दोस्रो नम्बरमा अमेरिकी, तेस्रो नम्बरमा बेलायती र चौथोमा क्यानडाका नागरिक छन् ।

सन् २०२० मा भारत भ्रमण गर्ने प्रमुख १५ मुलुकका नागरिक

बंगलादेश स् ५ लाख ५० हजार
अमेरिका स् ३ लाख ९० हजार
बेलायत स् २ लाख ९० हजार
क्यानडा स् १ लाख २० हजार
रुस स् १ लाख १० हजार
अष्ट्रेलिया स् ९० हजार
फ्रान्स स् ७० हजार
जर्मनी स् ७० हजार
मलेसिया स् ७० हजार
श्रीलंका स् ७० हजार
थाइल्याण्ड स् ५० हजार
जापान स् ५० हजार
अफगानिस्तान स् ५० हजार
नेपाल स् ४० हजार ८२२
चीन स् ४० हजार

पर्यटक आगमनमा ७४।९० प्रतिशतको गिरावट

भारतले कोभिड–१९ महामारीको समयमा पर्यटन आगमनमा ७४।९० प्रतिशतको गिरावट भोगेको तथ्यांकले देखाएको छ । सन् २०१९ मा १ करोड ९ लाख ३० हजार पर्यटक भित्र्याएको भारतले सन् २०२० मा भने २७ लाख ४० हजार हजार मात्र पर्यटक भित्र्याएको छ । भारतले टप १४ मुलुकबाट मात्र ७५।१ प्रतिशत पर्यटक आएको जनाएको छ ।

तथ्यांक अनुसार भारतमा सबैभन्दा धेरै पर्यटक बिदा मनाउन र मनोरञ्जनको प्रयोजनमा जाने गर्छ । व्यापार र औपचारिक भ्रमणका सिलसिलामा समेत ठूलो संख्यामा विदेशी नागरिक आउने गरेको भारतको तथ्यांक छ । गैरआवासीय भारतीय नागरिकलाई समेत भारतले पनि पर्यटक मान्छ । भारतले चिकित्सा क्षेत्रको माध्यमबाट समेत ठूलो संख्यामा विदेशी नागरिकलाई भित्र्याउने गर्छ । नेपाल र भारतले हवाईमार्ग प्रयोग गर्ने नागरिकलाई मात्र पर्यटक मान्ने गरेका छन् ।

भारत भ्रमणमा नेपालबाट कुन वर्ष कति गए रु

सन् २०१८ स् १ लाख ७४ हजार ९६
सन् २०१९ स् १ लाख ६४ हजार ४०
सन् २०२० स् ४० हजार ८२२

जनवरीमा मात्र ३८।५४ प्रतिशत नेपाली भारत भ्रमणमा

नेपालमा चिसो मौसम चलिरहँदा धेरैजसो नेपाली भारतको भ्रमणमा जाने गरेको पाइएको छ । तथ्यांक अनुसार नेपालबाट जनवरीमा मात्र ३८।५४ प्रतिशत नागरिक भारतको भ्रमणमा निस्किएका थिए । अप्रिल महिनामा भने सबैभन्दा कम ०।०२ प्रतिशत नेपाली भारत भ्रमणमा गएका थिए । भारतले सन् २०२० को जनवरी र फेब्रुअरीमा धेरै पर्यटक भित्र्याएको थियो । उक्त समयमा यात्रामा समेत कडा प्रतिवन्ध सुरु भइसकेको थिएन ।

नेपालबाट धेरै पर्यटक दिल्ली जाने गरेका छन् । त्यसपछि मुम्बई, बैंग्लौर, कोलकता, चेन्नई, हैदरावादसहितका सहरमा जाने गरेका छन् । भारत जाने नेपालीमध्ये ६४।३० जना पुरुष र ३५।७० प्रतिशत महिला छन् । नेपालबाट युवा पुस्ताका नागरिक धेरै भारतमा जाने गरेका छन् ।
नेपालबाट बिदा र मनोरञ्जनको प्रयोजनका लागि ७४।४ प्रतिशत, मेडिकल प्रयोजनका लागि १।१ प्रतिशत, विजनेश तथा प्रोफेसनका लागि ३।२ प्रतिशत र अन्य प्रयोजनमा १६।४ प्रतिशत नागरिक गएका छन् । नेपालमा बस्ने गैरआवासीय भारतीयको संख्या ५ प्रतिशत रहेको छ ।

nijgadh-supermart-adz1200-630