skip this

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चर्कियो आन्दोलन

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।शुक्रबार सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युपछि आन्दोलन गरिएको छ। शुक्रबार दिउँसो तीन बजेको समयमा रत्न रनजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकले महिलाले ठक्कर दिएको थियो।आज दिउँसो मृतक महिलाका आफन्तहरुले आन्दोलन गर्दै यातायातका साधनहरु बन्द गराएका थिए।

आफन्तहरुले पीडकलाई कारबाही र उचित क्षतीपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले आफ्न्तहरुले आफ्नो माग पुरा गरिपाउँ भन्नका लागि आन्दोलन गरेको बताए।उक्त मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–१०, घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली घाइते भएकी थिइन्। उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको थियो।

nijgadh-supermart-adz1200-630