ट्रकले बसलाई ठक्कर दिँदा १९ जना घाइते
वि.सं.२०७९ साउन २८ शनिवार १८:०५
1.24K
shares

नवलपरासी ।शनिबार दिउँसो पौने ३ बजे नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा ट्रकले बसलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्। भैरहवा–भुमही सडखण्डमा ट्रकले बसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नवलपरासी रामग्राम नगरपालिका–५ बाईपास चोकमा पश्चिमबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१८९ नम्बरको ट्रकले लु १ ख ९५७७ नम्बरको बसलाई ठक्कर दिएको हो। एकै दिशामा जाँदै गरेको बसले दक्षिण मोड्नेक्रममा दुर्घटना भएको हो।
प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। घाइते १९ जना मध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरुको भैरहवा मेडिकल कलेज रूपन्देही र केहीको जिल्लाकै पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ।
वि.सं.२०७९ साउन २८ शनिवार १८:०५

















