पाकिस्तानमा यात्रुवाहक बसमाथि ट्रक खस्दा १३ जनाको मृत्यु
वि.सं.२०७९ साउन २९ आइतवार १३:५५
1.83K
shares

काठमाडौं । शनिबार राति पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन्। चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको हो। १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार अधिकारीहरुले बताएका छन् ।
भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको समाचारमा जनाइएको छ ।उद्धार टोलीले सुरुमा बसबाट शव निकाल्दा पाँच जनाको मृत्यु भएको जनाइएको थियो । तर घाइते भएकाहरुको मृत्युपछि उक्त सङ्ख्या बढेर १३ पुगेको उद्धारकर्मीले बताए।
वि.सं.२०७९ साउन २९ आइतवार १३:५५
















