skip this

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसुची

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभाको बैठक बस्दैछ। आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विषयमा जानकारी गराइने सम्भावित कार्यसूची रहेको छ।गत साउन १० गते प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक उनले आइतबार सदनसमक्ष नै फिर्ता गरेकी थिइन्।

यसैगरी, बैठकमा अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने छ।

nijgadh-supermart-adz1200-630