मदनदासको फाउण्डेशनको झोला बाड्न नागार्जुन पुगे पशुपति शम्शेर राणा
वि.सं.२०७९ भदौ २ बिहीवार २१:१०

काठमाण्डौं– एसएस फाउण्डेसनले काठमाडौंको नागार्जुनस्थित बाल विकास माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला सहयोग गरेको छ । राप्रपाका पूर्व अध्यक्ष पशुपति शम्शेर राणाले विद्यार्थीलाई झोला वितरण गरेका हुन् । नेता राणाले ८ सय ४ विद्यार्थीलाई झोला बितरण गरेका हुन् ।
झोला पाएपछि विद्यालयका शिक्षक एवम विद्यार्थी प्रसन्न भएका थिए । नेता राणाले विद्यार्थीहरुको मनोबल र हौसला बढाउन एसएस फाउण्डेसनले अनुकरणीय काम गरिरहेकोमा धन्यवाद दिए । उनले आजका विद्यार्थी भोलिका कर्णधार भएकाले इमान्दार र नैतिकवान मान्छे बन्न विद्यार्थीहरुलाई सुझाव समेत दिए ।

फाउण्डेसनका अध्यक्ष मदनदास श्रेष्ठले काठमाडौसहित दुर दराजका विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।
फाउण्डेसनका संरक्षक एवम राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीले फाउण्डेसनले गर्दै आएका काम र अबका योजनाबारे जानकारी गराएका थिए । उनले डोटीबाट सुरु भएको झोला वितरण देशभर सुरु भएको समेत जानकारी दिए ।
वि.सं.२०७९ भदौ २ बिहीवार २१:१०
















