skip this farak Kura Pravakar

यी हुन् बाराको प्रतिनिधि सभाको लागि सिफारिसमा परेका माओवादीका नेता

४ निर्वाचन क्षेत्रबाट ८ जनाको नाम सिफारिस

5.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– नेकपा (माओवादी केन्द्र) बाराले प्रतिनिधिसभा सदस्यका लागि आठ जनाको नाम सिफारिस गरेको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लामा ८ जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ डा. गोपाल ठाकुर, श्यामकिशोर यादबको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ शिवचन्द्र कुशवाहको एकल नाम सिफारिस गरेको छ ।
त्यस्तै समानुपातिकतर्फ देवीप्रसाद पराजुली र मगनी मुखीयाको नाम सिफारिस गएको छ ।

त्यस्तै बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गिता कण्डेल, सोनालाल साहको नाम सिफारिस गरेको छ ।
त्यसैगरि क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा समानुपातितर्फ सुनिल कुशवाह, कुुशुम ठकुरी, जयराम यादब, हरिनारायण सिंह, संजीता पटेल, मेवाजी मियाँको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ क्षेत्रबहादुर श्रेष्ठ अनिल, जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस गरेको छ ।

त्यसैगरि क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा समानुपातितर्फ लिला खनाल, जवाहिर मंसुरी, क्यामुदिन मंसुर, राजदेव दुसाद, धर्मबहादुर श्रेष्ठ, उर्मिला कुशवाह, उद्धब पोखरेलको नाम सिफारिस भएको छ ।

nijgadh-supermart-adz1200-630