skip this
१० वर्षे शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् । गीतकार राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विद्यामा उत्तिकै कलम चलाउँछन् । उनका बाल कथा संग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् ।

साहित्यकार श्रीराम राईले ल्याए दोस्रो गीत ‘सञ्चो छ कि रोदन’

यस्तो छ सांगेतिक तथा साहित्यिक यात्रा

5.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– खोटाङका साहित्यकार श्रीराम राईले आफ्नो शव्दमा दोस्रो गीत बजारमा ल्याएका छन् ।

‘सञ्चो छ कि रोदन’ बोलको गीत राइले हालै सार्वजनिक गरेका हुन् । जसमा ओमप्रकाश राईले संगीत दिएका छन् भने खोटाङकै उदीयमान गायिका मनमा बी राईले स्वर दिएकी छिन् ।

६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यस्तो छ राईको सांगेतिक यात्रा

राईको २०७५ सालमा पहिलो गीत बजारमा आएको थियो । शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।

साहित्यिक यात्रा

१० वर्षे शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् ।
गीतकार राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विद्यामा उत्तिकै कलम चलाउँछन् । उनका बाल कथा संग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् ।

संयुक्त लघु कथा संग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीन वटा लघुकथा समावेश छन् भने उनको लघु कथा संग्रह प्रकाशनको तयारीमा छ ।

रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन् ।

nijgadh-supermart-adz1200-630