महाअभियोग समितिले प्रतिवेदनबारे भोलि निर्णय गर्ने
वि.सं.२०७९ भदौ ३१ शुक्रवार २१:१६
921
shares

काठमाडौं-महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने बताएका हुन् ।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएको भन्दै भोलिनै त्यसलाई पनि अन्तिम रुप दिइने बताए ।
उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले हेरिरहेको जानकारी दिए । जबराको सम्पत्ति विवरणको सम्बन्धमा भोलि प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए ।
वि.सं.२०७९ भदौ ३१ शुक्रवार २१:१६

















