skip this farak Kura Pravakar

प्रतिनिधिसभामा माओवादी केन्द्र बारा निल ?

2.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- मंसिर ४ मा प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचन हुदैछ । बारामा ४ वटा संघीय र ८ प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।

सत्ता गठबन्धनमा रहेकाे माओवादी केन्द्र प्रतिनिधि सभा निर्वाचनमा निल हुने देखिएकाे छ । माओवादी केन्द्रले दाबी गरेकाे बारा क्षेत्र नं. ४ मा समेत नेकपा (एस) पाउने सहमति भएकाे खबर बाहिरिएको छ ।

नेकपा (एस) का नेता किसान श्रेष्ठले तनहुँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई छाडेर बारा ४ मा चुनाब लड्ने तयारी गरेपछि माओवादीकाे दाबी कमजोर बनेकाे हाे ।

याे क्षेत्रबाट माओवादी बाराका अध्यक्ष तथा केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ, सभासद जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस भएकाे छ ।

एमाले-माओवादीकाे बाम गठबन्धनबाट बारामा प्रतिनिधि सभामा विजयी भएनन् । बारा १ मा कांग्रेस र २,३, र ४ मा लाेसपा र जसपाले जितेकाे थियाे ।

माओवादीले २०७४ काे निर्वाचनमा एक प्रदेश सभामा विजयी भएकाे थियाे । बारा क्षेत्र नं. ३ काे `क´ बाट निर्वाचित ज्वाला साह एमाले प्रवेश गरेपछि कारबाहीमा परेकी थिईन् ।

nijgadh-supermart-adz1200-630