skip this

सन्दीप चढेको कतार एयरको जहाज एप्रोच नमिलेपछि ओभरसुट

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कतार एयरको जहाज एप्रोच नमिलेपछि ओभरसुट गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा मौसमका कारण एप्रोच नमिलेपछि ओभरसुट गरेको हो।विमानस्थलका एक कर्मचारीका अनुसार यो जहाज अहिले आकाशमै होल्ड भएको छ।

नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल पुगेको छ। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने तालिका थियो। उनी कतार एअरवेज हुँदै नेपाल फर्कँदैछन्। तर तालिका अनुसारको कतार एअरको विमान ल्यान्ड गर्न सकेको छैन।

उनकाअनुसार आधा घण्टाभित्र यो जहाज अवतरण हुनेछ। विहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा ३४ वटा जहाज अवतरण र ३४ वटा जहाजले उडान गर्नेछन्।

nijgadh-supermart-adz1200-630