एमाले र जसपाबीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक–प्रदिप ज्ञवाली
वि.सं.२०७९ असोज २१ शुक्रवार १०:१८
1.45K
shares

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् । नेताहरुका अनुसार आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
जनता समाजवादी पार्टी(जसपा)सँग आजै सहमति हुने एमाले उपमहासचिव प्रदिप ज्ञवालीको भनाई छ । एमाले उपमहासचिव ज्ञवालीले मिलाउन बाँकी विषयलाई आजै टुंगो लगाउने गरी शीर्ष तहमा छलफल हुने जानकारी दिएका छन् । गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहेका बेला जसपा अध्यक्ष यादवले बिहिबारदेखि एमालेसँग पनि चुनावी तालमेल गर्ने कुराकानी अघि बढाएका थिए।
वि.सं.२०७९ असोज २१ शुक्रवार १०:१८

















