कुमारी बैंकको साधारण सभा कात्तिक १६ गते
वि.सं.२०७८ असोज ३० शनिवार ०९:०८

काठमाडौं : कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ। बैंकले घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो।
बैंकको २१औँ वार्षिक साधारण सभा नक्सालस्थित कार्यालयमा हुँदै छ।
बिहान ११ः३० बजे सुरु हुने सभामा अनलाइन (जुम) मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
वि.सं.२०७८ असोज ३० शनिवार ०९:०८
















