अञ्जन विष्टले साफ फुटबलको फाइनल खेल गुमाउने
वि.सं.२०७८ असोज ३० शनिवार ०९:१४
801
shares

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले साफ फुटबलको आज हुन लागेको फाइनल खेल गुमाउने भएका छन् ।
दोहोरो पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् ।
यसअघि भारतसँगको खेलको अन्तिम समयमा पनि उनले पहेँलो कार्ड पाएका थिए । गएको बुधवार बंगलादेशसँगको खेलमा बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका उनले खेल गुमाउँदा नेपाललाई दबाब पर्नेछ ।
फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने उनको विश्वास छ ।
वि.सं.२०७८ असोज ३० शनिवार ०९:१४
















