ससुरालीमा टीका लगाएर फर्किंदा भिरबाट लडेर मृत्यु
वि.सं.२०७८ असोज ३० शनिवार ११:२८
705
shares

काठमाडौं : खोटाङमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो ।
उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए ।
शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राउतको शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।
वि.सं.२०७८ असोज ३० शनिवार ११:२८
















