skip this farak Kura Pravakar

बैतडीमा एकजना भारतीय पुरुष मृत फेला

654 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : बैतडीमा एकजना भारतीय पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ वर्षीय सञ्जय ज्याला रहेका छन् ।
ज्याला शुक्रबार भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा बेपत्ता भएका थिए । उनको शव शनिबार बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनी स्थित महाकाली नदि किनारमा भेटिएको हो ।
मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शवको सनाखत गरी भारत पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । शवको पोष्टमार्टमसमेत भारतमै गरिने उनले बताए ।

nijgadh-supermart-adz1200-630