skip this

जनतासंग भेटघाट अभियानमा बारा ४ का गठबन्धनका उम्मेदवार (फोटो फिचर)

2.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. ४ का सत्ता गठबन्धनका उम्मेदवारले जीतपुरसिमरा उपमहानगरपालिका २३ मा जनता भेटघाट अभियान गरेका छन् ।

प्रतिनिधि सभातर्फका नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभातर्फ बारा ४ (क) का नेकपा (माओवादी केन्द्र) का उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिलले जनता भेटघाट गरेका हुन् । त्यस्तै नेकपा (एस) की प्रदेश समानुपातिक उम्मेदवार सरिता सुब्बाको पनि सहभागिता रहेको थियो ।

जनतासंगका भेटमा उम्मेदवारले जनताको आवश्यकता र समृद्धिको सपना पुरा गर्न गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । स्थानीयले उनीहरुलाई सुकुम्बासी समस्या, विद्युत, बाटोघाटो, पुल जस्ता विकास निर्माण र स्वास्थ्य, शिक्षा र रोजगारीलागि अपेक्षा राखेको बताएका थिए ।

फोटो :

nijgadh-supermart-adz1200-630