skip this farak Kura Pravakar

१ लाख भन्दा बढी रकम सहित जुवाखालबाट ४ जना पक्राउ

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। जुवाखालमा छापामारी गरेर प्रहरीले नगद १ लाख १९ हजार भन्दा बढी रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।प्रहरीले सोमबार राति पौने ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौस्थित जुवा खालमा छापामारी गरेको हो ।

प्रहरीले वीरगञ्ज–१७ अलौंमै बस्ने २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मियालाई पक्राउ गरेको हो ।मानिसहरु कौडा खेलिरहेका छन् भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले नगदसहित उनीहरुलाई पक्रेको थियो ।

nijgadh-supermart-adz1200-630