ओैराहा र छापापिपरामा सत्ता गठबन्धनकाे निर्वाचन परिचालन कार्यालय खुल्याे
वि.सं.२०७९ कात्तिक १२ शनिवार १४:४८

बारा-बाराकाे जीतपुरसिमरा-४ ओैराहा र जीतपुरसिमरा-९ छातापिपरामा सत्ता गठबन्धनकाे निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएको छ ।
मंसिर ४ को निर्वाचनलाई लक्षित गरी निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको सत्ता गठबन्धनले कार्यालय सञ्चालनमा ल्याएकाे हाे ।
क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसान र ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् ।
घरदैलो
क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसान र ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलको उपस्थिति घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले सत्ता गठबन्धनबाट मात्र क्षेत्र नम्बर ४ को विकास सम्भव रहेको भन्दै भारी मतले विजयी गराउन आग्रह गरेका थियो ।

प्रदेशसभा सदस्य उम्मेदवार श्रेष्ठले सत्ता गठबन्धन विकासको पक्षमा रहेको भन्दै मंसिर ४ पछि देश गठबन्धनमय हुने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार श्रेष्ठसहित ५ दलिय गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७९ कात्तिक १२ शनिवार १४:४८
















