skip this farak Kura Pravakar

बाढी-पहिरोमा परी देशभर १७ जनाको मृत्यु

600 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभरमा १७ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी बुधबार बिहानसम्म १७ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलका अनुसार धनकुटा र हुम्लामा ६/६, पाँचथरमा तीन र इलाम दुईजनाको बाढी-पहिरोमा परी मृत्यु भएको छ। बाढीले बढी क्षति सुदूरपश्चिम प्रदेशमा गरे पनि टेलिफोन र मोबाइल फोन सेवा अवरुद्ध हुँदा यकिन विवरण प्राप्त हुन नसकेको पोखरेलले बताए ।
प्राप्त विवरण भन्दा पनि बढीको पहिरो र बाढिका कारण मृत्यु भएको हुन उनको भनाइ छ ।
प्रदेश १ मा पनि विद्युत सेवा अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित बनेको छ । अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ ।
जसका कारण मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।
सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको नेपाल विद्युत प्राधिरणले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिए पनि भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा केही दिनदेखि मौसम बदली भई वर्षा भइरहेको छ ।

nijgadh-supermart-adz1200-630