skip this farak Kura Pravakar

विराटनगर एयरपोर्टमा बाढी पस्यो, सबै उडान स्थगित

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

विराटनगर : अविरल वर्षाले केशलिया खाेलामा आएकाे बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।
विमानस्थलभित्र सबै स्थान जलमग्न भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । एयरपोर्टकाे धावनमार्गमा पनि डेढफिटसम्म पानी जमेकाे छ ।
टर्मिनल भवनभित्र पनि पानी जमेकाे छ । खरेलले भने, ‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ ।’उनका अनुसार पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।

nijgadh-supermart-adz1200-630