skip this farak Kura Pravakar

जीतपुरको निर्वाचन कार्यालयमा वडा अध्यक्ष गुप्ताले लगाए ताला, कार्यालयमै थुनिए कर्मचारी

2.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालबन्दी गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पुर्व सध्यामा वडा अध्यक्ष गुप्ताले आज निर्वाचन अधिकृतको कार्यालयको ताला लगाएका हुन् ।

जीतपुरका केहि स्थानीयसहित उपमहानगरपालिका पुगेका गुप्ताले मुख्य गेटमै ताला लगाएपछि निर्वाचन अधिकृत कार्यालयमै थुनिएका छन् । गुप्ताले यसअघि पनि उपमहानगरपालिकाको मुख्य गेटमा ताला लगाएका थिए । मुख्य गेटमै ताला लगाएपछि निर्वाचन अधिकृतको कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारी कार्यालयभित्र थुनिएका छन् ।

निर्वाचन अधिकृत कर्ण बहादुर राईले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउनु दुखद भएको बताए । ‘निर्वाचनको समयमा कर्मचारीलाई थुनेर बाहिर ताला लगाउने कार्य निकै नै दुखद हो, जसले यो काम गरेको छ कारर्वाही गर्नुपर्छ’उनले भने ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वडा अध्यक्ष गुप्ताका कारण नगरपालिकामा काम गर्ने वातावरण नभएको बताए । ‘वडा अध्यक्ष गुप्ताका कारण काम गर्ने वातावरण छैन्, उहाको यो कार्यशैलीका कारण नगरपालिका नै बदनाम भईरहेको छ’ उनले भने ।

nijgadh-supermart-adz1200-630