प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने
वि.सं.२०७८ कात्तिक ३ बुधवार १५:३०
k|d b]pjfåf/f lgb]{zg sf7df8f}F, !$ ;fpgM k|wfgdGqL z]/axfb'/ b]pjf l;+xb/af/df laxLaf/ gjlgo'Qm /fli6«o of]hgf cfof]usf pkfWoIf 8f ljZj kf}8]nnfO{ kb tyf uf]kgLotfsf] zkykl5 lgb]{zg lbFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम जाने भएका छन् । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण जनधनको व्यापक क्षति भएपछि प्रधानमन्त्री देउवा त्यहाँको स्थलगत अवलोकनका लागि सुदूरपश्चिम जान लागेका हुन् ।
काँग्रेस नेता रमेश लेखकले सम्भव भए आजै नभए भोलि देउवा सुदूरपश्चिम जाने तय भएको बताए । आजै लेखकले देउवालाई बालुवाटारमा भेटेर वर्षापछिको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे देउवालाई जानकारी गराएका थिए । बाढी पहिरोका कारण ३ दिनको अवधिमा ५० जनाले ध्यान गुमाइसकेका छन् ।
वि.सं.२०७८ कात्तिक ३ बुधवार १५:३०
















