भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई प्रचण्डको आग्रह
वि.सं.२०७९ कात्तिक २३ बुधवार १०:३०
1.03K
shares

काठमाडौं। डोटीमा भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज समाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डले प्राकृतिक विपत्तिको यो दुःखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन् । उनले भूकम्पमा परि घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामना र मृतजनहरुमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
वि.सं.२०७९ कात्तिक २३ बुधवार १०:३०

















